साधारण सभामा बेमेलपछि आङबुहाङ वंशजमा विवाद, एक पक्षको पत्रकार सम्मेलनमार्फत असन्तुष्टि सार्वजनिक



ताप्लेजुङ, पुस २५ गते । आङ्बुहाङ वंशज दाजुभाइहरूको साधारण सभा आयोजक समिती, धरान–सुनसरी नेपालमा हालै सम्पन्न साधारण सभामा देखिएको बेमेलका कारण आपसी विवाद चुलिएको छ । सोही विषयलाई लिएर वंशजका एक पक्षले असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सो समूहका सदस्यहरूले बिहीबार धरान–१५ स्थित होटेल धरान किचेनमा पत्रकार सम्मेलन गर्दै साधारण सभाको प्रक्रियामा भएका कमजोरी, एकतर्फी निर्णय र विधान विपरीत कार्य भएको आरोप लगाए । उनीहरूका अनुसार साधारण सभा आयोजना हुनु अघि देखिन लागेको विवाद समाधानका लागि राखिएको प्रस्तावलाई आयोजक समितीले बेवास्ता गरेको दाबी गरिएको छ ।

समूहले साधारण सभामा पेश गरेको विज्ञप्तिमा आफूहरू वंशजबीचको एकता, भातृत्व र अस्तित्वको पक्षमा सधैं अटल रहेको तर पछिल्लो समय उत्पन्न भएको असहमति र विभाजनले खेद प्रकट गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “सहमती र समाधानको मौका हुँदाहुँदै समेत हाम्रा प्रस्ताव अस्वीकार गरियो र मनोमानी ढंगले साधारण सभा सञ्चालन गरियो । त्यसका कारण हामीले साधारण सभा बहिष्कार गर्नु परेको छ ।”

समूहले आङ्बुहाङ समाज समिती र आङ्बुहाङ वंशावली समितीले मूल वंशको इतिहासलाई नकार्ने वा विपरित ढंगले प्रस्तुत गर्ने प्रयास गरेको आरोप समेत लगाएको छ । सोही क्रममा वंशावली प्रकाशनका नाममा विदेश–देशबाट संकलित रकम कार्यसमितीको निर्णयविपरीत अध्यक्ष प्रशुराम आङ्बुहाङ र महासचिव तेज आङ्बुहाङद्वारा छुट्टै बैंक खातामार्फत खर्च गरिएको र कोषाध्यक्षलाई बेवास्ता गरिएको दाबी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, साधारण सभा अघि लेखापरिक्षण नगरी, अनुमोदन बिना नै साधारण सभा चलाइएको तथा प्रशासनको निर्देशन समेत पालना नभएको आरोपसमेत लगाइएको छ । वंशावली लेखनमा विभिन्न पक्षबीच मतभेद रहँदा मध्यस्थता र सहजीकरणका विकल्प खुलेका अवस्थामासमेत गोप्य रूपमा मस्यौदा तयारी गरी सार्वजनिकरूपमा अनुमोदन नगरिएको पक्षको आरोप छ ।

उनीहरूले बहुमत वंश दाजुभाइहरूलाई हल बाहिर राखी ढोका बन्द गरेर साधारण सभा सञ्चालन गरिएको भन्दै उक्त कार्यको भर्त्सना गरेका छन् । तसर्थ, प्रश्नमा परेका निर्णयहरू खारेज गर्दै पुनः सर्वसम्मत ढंगले अगाडि बढ्नुपर्ने समूहको माग छ ।

प्रकाशित मिति : 6:48 am

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक