सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा ताप्लेजुङले जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा बुधबार जिल्ला कारागार ताप्लेजुङलाई फुटबल भलिबल लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।


कैदीबन्दीहरुलाई मनोरञ्जन तथा शारिरीक व्यायाम समेतको लागि प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि जिल्ला कारागारका प्रशासक कुलेन्द्र खवासलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद प्रकाश पाठकले बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा ताप्लेजुङले स्थापना दिवसको अवसरमा जिल्लाका धार्मिक एवं सार्वजनिक स्थलहरु सरसफाई, सचेतनामुलक कक्षाहरु संचालन लगायतका कार्यक्रमहरु संचालन गरि रहेको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।

प्रकाशित मिति : 8:20 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले