ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन



ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख रुपियाँ बढी राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म पाँच महिनाको अवधिमा दुई लाख २७ हजार ५०० रुपियाँ राजश्व सङ्कलन भएको हो ।

जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रहरी सहायक निरीक्षक सुरेन्द्र प्रसाद यादवका अनुसार पाँच महिनाको अवधिमा साना तथा ठूला सवारी साधन कारबाहीबाट उक्त रकम बराबरको राजश्व सङ्कलन भएको छ । यस्तै पाँच महिनाको अवधिमा साना तथा ठूला गरी जम्मा दुई सय ७४ वटा सवारी साधन कारबाहीमा परेको प्रहरी सहायक निरीक्षक यादवले बताउनुभयो ।   

उहाँका अनुसार सबैभन्दा बढी भ्यान १४८ र सबैभन्दा कम बस एउटा कारबाहीमा परेका छन् ।  त्यस्तै  ७५ वटा ट्याक्सी, २३ ट्रयाक्टर,  १६ अट्टो  र ११ ट्रक कारबाहीमा परेका छन् । 

साथै चालु आर्थिक वर्षमा एक महिला र एक पुरुष गरी दुई जनाको दुर्घटनामा परि मृत्यू भएको छ । तीन जना गम्भिर घाइते भएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 6:51 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले