ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन



ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख रुपियाँ बढी राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म पाँच महिनाको अवधिमा दुई लाख २७ हजार ५०० रुपियाँ राजश्व सङ्कलन भएको हो ।

जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रहरी सहायक निरीक्षक सुरेन्द्र प्रसाद यादवका अनुसार पाँच महिनाको अवधिमा साना तथा ठूला सवारी साधन कारबाहीबाट उक्त रकम बराबरको राजश्व सङ्कलन भएको छ । यस्तै पाँच महिनाको अवधिमा साना तथा ठूला गरी जम्मा दुई सय ७४ वटा सवारी साधन कारबाहीमा परेको प्रहरी सहायक निरीक्षक यादवले बताउनुभयो ।   

उहाँका अनुसार सबैभन्दा बढी भ्यान १४८ र सबैभन्दा कम बस एउटा कारबाहीमा परेका छन् ।  त्यस्तै  ७५ वटा ट्याक्सी, २३ ट्रयाक्टर,  १६ अट्टो  र ११ ट्रक कारबाहीमा परेका छन् । 

साथै चालु आर्थिक वर्षमा एक महिला र एक पुरुष गरी दुई जनाको दुर्घटनामा परि मृत्यू भएको छ । तीन जना गम्भिर घाइते भएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 6:51 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र