ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान गरेको छ । ताप्लेजुङ सेवा समाज मलेसियाले सन् २०२५ मा उत्कृष्ट कार्य गर्ने दुई जना पदाधिकारीलाई पाँच हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो ।ताप्लेजुङ सेवा समाज मलेसियाको केन्द्रिय कार्य समिती मलेसियाका कोषाध्यक्ष मनकुमार धमला र ताप्लेजुङ सेवा समाज नेपालका सचिब मनि कुमार लिम्बुलाई सम्मान गरिएको हो । संस्थामा रहेर अनुशासन र ईमानदारीताका साथ काम गरेको भन्दै उहाँहरुलाई “बेष्ट अफ द ईयर” को रुपमा हौसला स्वरुप सम्मान गरिएको ताप्लेजुङ सेवा समाज मलेसियाका अध्यक्ष दिपक नेपालीले बताउनुभयो ।


यस अघि ताप्लेजुङ सेवा समाज मलेसियाले बिरामी, प्राकृतिक प्रकोपमा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्नुका साथै विशेष गरि कोरोना भाईरसको समयमा जिल्लाका ६१ वटाका स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्षको रोहबरमा स्वास्थ्य सामाग्री हस्तारण गरिएको समाजले जनाएको छ । ताप्लेजुङ सेवा समाज मलेसिया ताप्लेजुङ जिल्लामा जन्मिएर हाल मलेसियामा रोजगारीका शिलशिलामा पुगेका प्रवासीहरुको संस्था हो ।

प्रकाशित मिति : 6:55 pm

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि