घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले ग्राफिक डिजाइन र वेब डिभलोपमेन्ट सम्बन्धी निशुल्क तालिम सञ्चालन गर्ने 



ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङको घरेलु तथा साना उद्योग कार्यालयले ग्राफिक डिजाइन र वेब डिभलोपमेन्ट सम्बन्धी निशुल्क तालिम सञ्चालन गर्ने भएको छ । कार्यलयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन गर्ने भएको हो । 

तालिम ताप्लेजुङको फुङलिङ नगरपालिकामा सञ्चालन गरिने कार्यालयका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम १५० दिन सञ्चालन गरिने छ । ग्राफिक डिजाइन सम्बन्धी ३० जना र वेब डेभलपमेन्ट सम्बन्धी ३० जना गरी जम्मा ६० जनालाई तालिम प्रदान गरिने कार्यालयले जनाएको छ ।

तालिम लिन चाहनेले १५ दिन भित्र आवेदन पेश गर्नुपर्ने छ । आवेदकले एसईई पास सँगै आधारभूत कम्प्युटर तालिम प्राप्त गरेको हुनुपर्छ । 

प्रकाशित मिति : 6:49 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले