घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले ग्राफिक डिजाइन र वेब डिभलोपमेन्ट सम्बन्धी निशुल्क तालिम सञ्चालन गर्ने 



ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङको घरेलु तथा साना उद्योग कार्यालयले ग्राफिक डिजाइन र वेब डिभलोपमेन्ट सम्बन्धी निशुल्क तालिम सञ्चालन गर्ने भएको छ । कार्यलयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन गर्ने भएको हो । 

तालिम ताप्लेजुङको फुङलिङ नगरपालिकामा सञ्चालन गरिने कार्यालयका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम १५० दिन सञ्चालन गरिने छ । ग्राफिक डिजाइन सम्बन्धी ३० जना र वेब डेभलपमेन्ट सम्बन्धी ३० जना गरी जम्मा ६० जनालाई तालिम प्रदान गरिने कार्यालयले जनाएको छ ।

तालिम लिन चाहनेले १५ दिन भित्र आवेदन पेश गर्नुपर्ने छ । आवेदकले एसईई पास सँगै आधारभूत कम्प्युटर तालिम प्राप्त गरेको हुनुपर्छ । 

प्रकाशित मिति : 6:49 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन