बहुदेशीय सामुदायिक भवनको शिलान्यास



ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गरिएको छ । करिब ४० बर्ष पुरानो सामुदायिक भवन भत्काएर निर्माण गर्न लागिएको अत्याधुनिक प्रविधिको बहुद्देश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

सोमबार फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी शिवराज सेँढाई लगायतको उपस्थितिमा शिलान्यास गरिएको छ । पुरानो संरचना सानो भएकाले ग्राउण्ड फ्लोरमा पार्किङ रहने गरि ४ तलाको अत्याधुनिक सुविधा सहितको भवन निर्माणको प्रक्रिया अघि बढाउन गत कात्तिक अन्तिम सातादेखि भत्काउने कार्य सुरु गरिएको थियो । पुराना संरचना हटाइ सकिएको अव शिलान्यास गरि औपचारिक रुपमा नयाँ संरचना निर्माण कार्य सुरु गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख विष्णु तिवारीले जानकारी दिनुभयो ।

क्रमागत योजना अन्तर्गत चालु आर्थिक वर्षभित्र ग्राउण्ड फ्लोरमा पार्किङ तथा पहिलो तलाको कार्य सम्पन्न गर्ने गरि ठेक्का सम्झौता अनुसारको कार्य सुरु भएको छ । जिल्लामा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सार्वजनिक खुल्ला मैदानको समेत अभाव भएको र सामुदायिक भवन समेत कम क्षमताको भएकाले आधुनिक शैलीको भवन निर्माणमा जोड दिइएको जिल्ला समन्वय समिति ताप्लेजुङले जनाएको छ ।

नवनिर्मित बहुद्देश्यीय भवन पार्किङ, सामुदायिक, प्रशासनिक र आवासीय सहितको ४ तलाको हुने जनाएको छ । नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजनाले बहुवर्षे योजना अन्तरगत चालु आर्थिक वर्षमा कुल ५ करोडको ठेक्का आह्वान भएकोमा ३ करोड २५ लाख १८ हजार ४५७ रुपैयाँ ९० पैसामा ठेक्का सम्झौता गरि निर्माण कार्य सुरु गरेको हो ।

प्रकाशित मिति : 5:52 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले