बहुदेशीय सामुदायिक भवनको शिलान्यास



ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गरिएको छ । करिब ४० बर्ष पुरानो सामुदायिक भवन भत्काएर निर्माण गर्न लागिएको अत्याधुनिक प्रविधिको बहुद्देश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

सोमबार फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी शिवराज सेँढाई लगायतको उपस्थितिमा शिलान्यास गरिएको छ । पुरानो संरचना सानो भएकाले ग्राउण्ड फ्लोरमा पार्किङ रहने गरि ४ तलाको अत्याधुनिक सुविधा सहितको भवन निर्माणको प्रक्रिया अघि बढाउन गत कात्तिक अन्तिम सातादेखि भत्काउने कार्य सुरु गरिएको थियो । पुराना संरचना हटाइ सकिएको अव शिलान्यास गरि औपचारिक रुपमा नयाँ संरचना निर्माण कार्य सुरु गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख विष्णु तिवारीले जानकारी दिनुभयो ।

क्रमागत योजना अन्तर्गत चालु आर्थिक वर्षभित्र ग्राउण्ड फ्लोरमा पार्किङ तथा पहिलो तलाको कार्य सम्पन्न गर्ने गरि ठेक्का सम्झौता अनुसारको कार्य सुरु भएको छ । जिल्लामा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सार्वजनिक खुल्ला मैदानको समेत अभाव भएको र सामुदायिक भवन समेत कम क्षमताको भएकाले आधुनिक शैलीको भवन निर्माणमा जोड दिइएको जिल्ला समन्वय समिति ताप्लेजुङले जनाएको छ ।

नवनिर्मित बहुद्देश्यीय भवन पार्किङ, सामुदायिक, प्रशासनिक र आवासीय सहितको ४ तलाको हुने जनाएको छ । नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजनाले बहुवर्षे योजना अन्तरगत चालु आर्थिक वर्षमा कुल ५ करोडको ठेक्का आह्वान भएकोमा ३ करोड २५ लाख १८ हजार ४५७ रुपैयाँ ९० पैसामा ठेक्का सम्झौता गरि निर्माण कार्य सुरु गरेको हो ।

प्रकाशित मिति : 5:52 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन