प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने




रेडियो काबेली
ताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र आठराई त्रिवेणीको चाँगे स्थित माछापोखरी हिटी क्बल प्रथम मानाभारा गोल्डकपको फाईनलमा भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा मैवाखोलाको जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई ७–१ गोल अन्तरले पराजित गर्दै माछापोखरी हिटि क्लब फाईनलमा प्रवेश गरेको । खेलको ३१ औँ मिनेटमा माछापोखरी हिटिका दिपेश श्रेष्ठले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो । त्यस्तै ३९ औँ मिनेटमा शक्ति राईले दोस्रो गोल गर्दै टिमको अग्रतालाई दोब्बर बनाउनुभयो ।

त्यस्तै फोडे फोफोनाले खेलको ४० औँ र ४२ औँ मिनेटमा र सुविश तामाङले ५३ औँ मिनेटमा गोल गर्नुभयो । ५–० ले पछि परेको जनसेवा आर्दश स्पोर्टिङको तर्फबाट खेलको ६९ औँ मिनेटमा राजेश लिम्बुले गोल गर्नुभयो । पुन खेलको ७६ औँ मिनेटमा माछापोखरी हिटिका दिपेश श्रेष्ठले र ७८ औँ मिनेटमा फोफोनाले तेस्रो गोल गर्दै ह्याट्रिक गर्नुभयो । यो सँगै माछा पोखरी जनसेवा आर्दशलाई ७–१ को फराकिलो गोल अन्तरले पछाडी पार्दै फाईनल स्थान बनाउन सफल भयो । उक्त खेलको म्यान अफ द म्याच फोडे फोफोना घोषित हुँदै पुरस्कृत हुनुभयो ।


यस्तै शुक्रबार नै भएको अन्तिम सेमिफाईनल खेलमा नव प्रयास युवा क्लबलाई ट्राईबेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै सिदिङवा गाउँपालिकाको सुरुङ्खिम स्थित लालिगुराँस युवा क्बल फाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राईबेकरबाट लिईएको हो । यो सँगै लालिगुराँस युवा क्लबले माछापोखरी हिटी क्लबसँगको भेट पक्का गरेको हो । उक्त खेलको म्यान अफ द म्याच घोषित हुँदै लालिगुराँसका बिपिन फोम्बो पुरस्कृत हुनुभयो ।


प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपियाँ र उपविजेताले नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवद्र्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका अध्यक्ष तुलसी दाहालले जानकारी दिनुभयो । फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा मंगलबारबाट सुरुभएको प्रतियोगिताको फाईनल खेल शनिबार (भोली ) हुनेछ ।

प्रकाशित मिति : 8:35 pm

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ