ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 



ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख रुपियाँ बचत गरेको छ । सहकारी संस्थाले शुक्रबार २५ औं वार्षिक साधारणसभा मार्फत ९१ लाख ९८ हजार ५ सय १४ रुपियाँ बचत रहेको जानकारी गराएको हो ।

ताप्लेजुङकै पुरानो र प्रतिष्ठित मानिएको सहकारी संस्थाले आव २०८१/८२ मा ८ करोड २ लाख ९२ हजार २१ रुपियाँ आम्दानी गरेको साधारण सभा मार्फत आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका कोषाध्यक्ष खड्गबहादुर मोक्तान जानकारी दिनुभयो । 

उहाँका अनुसार जसमा ७ करोड ३४ लाख ८ हजार ७ सय ८३ रुपियाँ खर्च भएको छ । सहकारीले उक्त आर्थिक वर्षमा ७ करोड ८ लाख ८ हजार रुपियाँ आम्दानी हुने अनुमान गरेको थियो  । चालु आर्थिक बर्ष २०८२/२०८३ का लागि भन सहकारीले ८ करोड ३९ लाख ८ हजार रुपियाँ आम्दानी गर्ने अनुमान गरेको छ ।

 साधारणसभा मार्फत अध्यक्ष टामन सिग्देलले सहकारी संस्थाप्रति सदस्यहरूको अटुट विश्वास रहेको बताउँदै शेयर रकम ३ करोड ८७ लाख ८८ हजार २ सय रुपियाँ रहेको जानकारी दिनुभयो  । उहाँका अनुसार सहकारीको  बचत रकम भने १५ करोड ६० लाख ७७ हजार ७ सय २३ रुपियाँ हेको छ । 

यस्तै सहकारीले साधारण सभाको अवसरमा विभिन्न शेयरधनिहरुलाई पुरस्कृत समेत गरेको छ । 
 
 

प्रकाशित मिति : 4:24 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र