सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 



ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको उत्पादन करिब तीन साता अघि देखि ठप्प भएको छ । ताप्लेजुङमा उत्पादन सुरु गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत सानिमाको गत मंसिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको हो । 

पावर हाउस ९विद्युत गृह० लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत उत्पादन अवरुद्ध भएको जलविद्युत कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष मर्मतको कार्यतालिका समेत छुट्याइएको हुन्छ । मर्मतको कार्यतालिका नजिएकै समयमा प्राविधिक समस्या उत्पन्न भएकाले अहिले दुवै कार्य एकै पटक भइरहेको छ । 

केही उपकरणमा प्राविधिक समस्या उत्पन्न भएकै समयमा नियमित मर्मत तालिकाको कार्यलाई समेत सुरु गरिएकाले तत्कालै उत्पादनमा ढिलाइ भएको अधिकृत गौतमको भनाइ छ । हाल सम्पूर्ण सामाग्री आइपुगी सकेको र  मर्मतको कार्य जारी रहेको बताइएको छ । अबको केही दिनभित्र नै उत्पादन सुरु गर्ने गरि मर्मतको कार्यलाई तिव्र गतिमा जारी राखिएको गौतमले जानकारी दिनुभयो । 

जलविद्युतको उत्पादन करिब दुई वर्षअघिदेखि सुरु भएको थियो । उत्पादित विद्युतलाई बसन्तपुर सबस्टेसन मार्फत केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ । मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु सबस्टेसनका १३२ केभिए क्षमताको मात्र उपकरण रहेकाले बसन्तपुर सबस्टेसन मार्फत जडान गरिएको हो ।

प्रकाशित मिति : 11:37 am

हुरीबतासका कारण तीन लाखको क्षति

ताप्लेजुङ, जेठ २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका

मेची राजमार्गको सडक सीमा कार्यान्वयनअघि वैकल्पिक मार्ग सञ्चालन गर्न फुङलिङवासीको माग

ताप्लेजुङ, जेठ २१ गते । मेची राजमार्गअन्तर्गत सडक सीमा क्षेत्रभित्र

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित