प्रथम मानाभारा गोल्ड कप : सुरुङ्खिम र ढुङ्गेसाँघु सेमिफाईनलमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र मैवाखोला गाउँपालिका ढुङ्गेसाँघुको जनसेवा आर्दश स्पोर्टिङ क्लब प्रथम मानाभारा गोल्ड कपको सेमिफाईनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो क्वाटर फाईनल खेलमा सिँवा स्पोर्टिङ फक्ताङलुङलाई ४–० गोल अन्तरले पराजित गर्दै सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको २८ औँ मिनेटमा लालिगुराँसका लागि हितेश लिम्बुले पहिलो गोल गर्दै अग्रता दिलाउनुभयो । त्यस्तै खेलको ४८ औँ, ५१ औँ र ६३ औँ मिनेटमा लालिगुराँस युथ क्लबका लागि ह्याट्रिक गोल गर्दै दिपेश लिम्बुले आफ्नो टिमको जितलाई सुनिश्चित गर्नुभयो । उक्त खेलको म्यान अफ द म्याच दिपेश लिम्बु घोषित हुँदै पुरस्कृत हुनुभयो ।

त्यस्तै आजै भएको दोस्रो क्वाटर फाईनल खेलमा लिखु भुजी रामेछाप युथ क्लब काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै जनसेवा आर्दश स्पोर्टिङ क्लब ढुङगेसाँघु ताप्लेजुङ सेमिफाईनलमा प्रवेश गर्न सफल भएको हो । खेलको ४१ औँ मिनेटमा लिखु भुजी रामेछाप युथ क्लबका पवन बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभएपनि जितका लागि पर्याप्त भने भएन् । खेलको ५९ औँ मिनेटमा जनसेवा आर्दशका स्पोर्टिङका बिशाल लिम्बुले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउनुभयो । त्यस्तै जनसेवाकै सुरेन्द्र लिम्बुले खेलको ६९ औँ मिनेटमा गोल गरे । त्यसपछि लिखु भुजी रामेछापबाट थप गोल हुन नसक्दा मैवाखोला सेमिफाईनलमा पुग्न सफल भयो । उक्त खेलको म्यान अफ द म्याच जनसेवाका सुरेन्द्र लिम्बु घोषित हुँदै पुरस्कृत हुनुभयो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपियाँ र उपविजेताले नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवद्र्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका अध्यक्ष तुलसी दाहालले जानकारी दिनुभयो । फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा मंगलबारबाट सुरुभएको प्रतियोगिताको फाईनल खेल आगामी पुष १९ गते हुनेछ ।

प्रकाशित मिति : 7:08 pm

हुरीबतासका कारण तीन लाखको क्षति

ताप्लेजुङ, जेठ २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका

मेची राजमार्गको सडक सीमा कार्यान्वयनअघि वैकल्पिक मार्ग सञ्चालन गर्न फुङलिङवासीको माग

ताप्लेजुङ, जेठ २१ गते । मेची राजमार्गअन्तर्गत सडक सीमा क्षेत्रभित्र

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित