स्वेदश फर्किएर फुटबलमा होमिएका लहनलाई गृह जिल्लामा बधाई र सम्मानको ओईरो




एलिना दियाली
ताप्लेजुङ ।
खेलेर हुन्छ । पढ्न पर्छ । खेलेर भविष्य बन्दैन् । अक्सर बाआमाले छोराछोरीलाई भन्ने भनाई हुन्थ्यो । तर यसलाई गलत साबित गरिदिएका छन् ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाबासीले । उनीहरुले गत पुष ७ गते फुटबल खेलाडी लहन पतङवालाई गाउँले सबै मिलेर भब्य स्वागत र सम्मान गरे ।


झट्ट गाउँमा पुग्दा लाग्थ्यो कसैको बिहेको हुन लागेको होला । गर गहनामा सजिएर बसेका गाउँले र आफन्त । कोही पुलाउ पकाउँदै । कोही मासु पकाउँदै । यस्को झल्को देख्दा निकै भब्य बिहे होलाकी भन्ने त्यहाँ पुग्ने हर कोहिलाई लाग्थ्यो । खादा, माला र सगुन लिएर बसेका आफन्त र बाल्यकालका साथी । बुबाआमा र हजुरआमाका साथ सम्मान थाप्न दिनभर नै भ्याई नभ्याई भए लहन ।


सायद एक खेलाडीका लागि यो भन्दा ठुलो सम्मान अरु के हुन सक्ला र ? यस्तो सौभाग्य सायदै कमको जिवनमा हुन्छ । उनि भन्छन्,“ मैले जिवनमा कहिले पनि यसरी सम्मान पाउँला भन्ने सोचेको थिईन् । आज आफ्नै गाउँमा यसरी सम्मानित हुन पाउँदा यो खुसीलाई शब्दमा व्यक्त गर्न सक्दिन ।”


हौसला प्रदान गर्न कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम पनि पतङ्वाको घर पुगेका थिए । पतङ्वा उक्त दिन सम्मान र बधाई ग्रहण दिनभर नै व्यस्त भए । कारण थियो उनले गत भाद्र १८ देखी २४ गतेसम्म ताजकिस्तानमा भएको एएफसियु–२३ एसियन कम क्वालिफायरमा राष्ट्रिय टोलीमा डेब्यु गरि खेलेका थिए ।


नतिजा नेपालको पक्षमा नभएपनि लहनले अन्तराष्ट्रिय मैदानमा नेपाली जर्सी लगाएर खेल्ने मौका पाए । अनुभब संगाले । उति बेला नेपालले ईरान, लेबलान र ताजकिस्तानसँग खेल्यो । खेलाडीहरु विदेशीने क्रममा उनी यस्ता खेलाडी हुन् जो वैदेशिक रोजगारीमा मलेसियाको बसाईलाई त्यागेर स्वदेशमा फर्किएर फुटबलमा भविष्य खोजिरहेका छन् । निरन्तर मेहनत गरि रहेका छन् ।


त्यस्तै गरि उनलाई नेपाली काँगे्रस हाङदेवा कमिटीलेपनि सम्मान ग¥यो । सोही दिन नव प्रयास युवा क्लब हाङदेवाले पनि लहनलाई सम्मान ग¥यो । छोराको सम्मानमा साक्षी बनेका बुबा जितेन पतङवा र आमा अनिता चोङबाङ पतङ्वाको मुहारमा खुसि र हर्ष झल्किन्थ्यिो । बुबा जितेनले भने,“ छोराको खुसि नै हाम्रो खुसी हो । छोराले अझै प्रगती गरोस शुभकामना छ । उ मेरो मात्रै छोरा होईन देशकै छोरा बनेर फुटबल जगतमा खेलि रहोस् ।


र सफलता हाँसिल गरि रहेका छन् । लहनको कप्तानीमा गत मंसिर २८ गते नेपालगञ्ज–११ स्पोर्टस क्लबले सहिद स्मारक सि डिभिजनको उपाधी चुम्यो । उनको जिवनमा यो उपाधी निकै अर्थपुर्ण र महत्वपुर्ण रह्यो । उनको फुटबलप्रतिको समर्पण र लगाबको प्रशंसा गर्दै उनले अध्ययन गरेको हाङ्देवा पाथीभरा क्यु लर्निङ ईङलिस स्कुलले पनि पतङवालाई सम्मान ग¥यो ।


नेपाली फुटबलमा मात्रै नभई विश्व फुटबल जगतमा लहन चम्किलो नक्षत्र बनेर चम्कि रहुन् हाम्रो पनि शुभकामना ।

प्रकाशित मिति : 7:21 pm

स्वेदश फर्किएर फुटबलमा होमिएका लहनलाई गृह जिल्लामा बधाई र सम्मानको ओईरो

एलिना दियालीताप्लेजुङ । खेलेर हुन्छ । पढ्न पर्छ । खेलेर

ताप्लेजुङको सिरिजंघामा भिरबाट लडेर एक जनाको ज्यान गयो

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भिरबाट लडेर एकजनाको ज्यान

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

ताप्लेजुङ, पुस १२ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभाव

प्रतिनीधि सभा चुनाव : ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता कायम

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुण २१ गते हुने प्रतिनीधि सभा

२०५५ को भानुजन माविको एसएलसी व्याचद्धारा फुङलिङ आधारभुत विद्यालयका विधार्थीलाई न्यानो कपडा वितरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा–३ मा अवस्थित फुङलिङ आधारभुत