भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टीको आर्थिक सहयोग 



सौगात विष्ट
ताप्लेजुङ, पुस १३ गते ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आर्थिक सहयोग गरेको छ । पार्टीले आगलागी पीडित लक्ष्मी तामाङलाई नगद १५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । 

आगलागी पीडित तामाङलाई सान्त्वना स्वरुप थोरै आर्थिक सहयोग गरिएको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य खेल प्रसाद बुडाक्षेत्री परागले बताउँनुभयो । एकता सन्देश सभाको सिलसिलामा सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भन्ज्याङ बजार पुग्नु भएका नेता बुडाक्षेत्री लगायतका कार्यकर्ताहरूले तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । 

गत मंसिर १२ गते साँझ तामाङको घरमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको थियो । विद्युत सर्ट भएर तामाङको पाँच तले टिनले छाएको पक्की घरमा आगलागी हुँदा टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री र सोलार जडानका उपकरण जलेर नष्ट भएका भएको थियो । 

प्रकाशित मिति : 4:39 pm

तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य २२ प्रतिशत 

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा

भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टीको आर्थिक सहयोग 

सौगात विष्टताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने

ताप्लेजुङ, पुस १२ गते । लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत