उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 



ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन (नानी) चयन हुनुभएको छ । शनिबार गठित जिल्ला समितिको संयोजकमा मादेन चयन हुनुभएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको पार्टीले ताप्लेजुङमा पनि आफ्ना सङ्गठन विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य डा. महेन्द्र लावतीले जानकारी दिनुभयो । उहाँका अनुसार समिति विस्तारसँगै पार्टीले युवा तथा महिला परिचालनका लागि सम्पर्क व्यक्तिहरू पनि तोकेको छ । 

जसमा सरगम शेर्पा, लिला पालुङ्वा, लाजरस लिम्बू र नरकुमार नाल्बोलाई जिम्मेवारी दिइएको उज्यालो नेपाल पार्टीले जनाएको छ।  नवनियुक्त संयोजक मादेन यसअघि डा. लावती नै अध्यक्ष रहेको पहिचानवादी मोर्चाका जिल्ला संयोजकका रूपमा क्रियाशील रहनुभएको थियो । 
 

प्रकाशित मिति : 5:07 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ