ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन (नानी) चयन हुनुभएको छ । शनिबार गठित जिल्ला समितिको संयोजकमा मादेन चयन हुनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको पार्टीले ताप्लेजुङमा पनि आफ्ना सङ्गठन विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य डा. महेन्द्र लावतीले जानकारी दिनुभयो । उहाँका अनुसार समिति विस्तारसँगै पार्टीले युवा तथा महिला परिचालनका लागि सम्पर्क व्यक्तिहरू पनि तोकेको छ ।
जसमा सरगम शेर्पा, लिला पालुङ्वा, लाजरस लिम्बू र नरकुमार नाल्बोलाई जिम्मेवारी दिइएको उज्यालो नेपाल पार्टीले जनाएको छ। नवनियुक्त संयोजक मादेन यसअघि डा. लावती नै अध्यक्ष रहेको पहिचानवादी मोर्चाका जिल्ला संयोजकका रूपमा क्रियाशील रहनुभएको थियो ।






प्रतिक्रिया