ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ खेलप्रसाद बुडाक्षेत्री परागको एकल नाम सिफारिस गरेको छ । शुक्रबार बसेको नेकपाको पूर्ण बैठकले प्रत्यक्ष तर्फ नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता परागको एकल नाम सिफारिस गरेको हो ।
मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका दुर्गाहाङ श्रेङचोङबाङको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा तर्फको उम्मेद्वार सर्वसम्मत रुपमा सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता विष्णु कुमार हाङबाङले बताउनुभयो । पराग यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धनतर्फको साझा उम्मेद्वार रहनु भएको थियो ।
उहाँ नेकपा एमालेको उम्मेद्वार योगेश भट्टराईसँग २ सय ८ मतले पराजित हुनु भएको थियो । परागलाई नै पुन आगामी फागुन २१ को निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारमा दोहो¥याउने निर्णय गरिएको नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले जनाएको छ । पार्टीका अनुसार समानुपातिक तर्फ आदिवासी जनजातिबाट रामचन्द्र पोमु (आरसी), अल्पसंख्यकबाट दावछिरिङ शेर्पा ९बिशालु०, महिलाबाट कल्पना तुम्बाहाङफे र खुल्लाबाट असिम लिम्बूलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरिएको हाङबाङको भनाई छ ।
यस्तै राष्ट्रिय सभाका लागि खुल्लाबाट पर्शु कार्की र दलितबाट नेत्र नेपालीलाई सर्वसम्मत नै सिफारिस गरिएको छ । फागुन २१ का लागि अधिकांश दलले उम्मेद्वार सिफारिस गर्ने कार्य जारी राखेका छन् । यसअघि नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलले उम्मेद्वार सिफारिस गरि सकेका छन् ।
विभिन्न १६ ओटा दलहरूको एकतामार्फत गठित नेपाली कम्युनिष्ट पार्टीले पछिल्लो समयमा एकता सन्देश सभाको कार्यक्रमलाई समेत तिव्रता दिएका छन् ।






प्रतिक्रिया