पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा



ताप्लेजुङ, पुस ११ गते । पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदीको फेरी लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदीको लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बुधबारबाट २१ दिने सूचना जारी गर्दै १ सय ७८ तोला ८२ लाल सुन बिक्री गर्न लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम प्रतितोला २ लाख ६७ हजार २ सय रुपियाँ लिलामी मूल्य तोकिएको छ ।

यस्तै ५ हजार २ सय ९८ तोला १२ लाल चाँदी पनि बिक्री गरिने भएको छ । चाँदीको मूल्य भने न्यूनतम प्रतितोला ४ हजार २ सय ५५ रुपियाँ तोकिएको हाङ्बाङको भनाई छ । यस अघि पनि क्षेत्र विकास समितिले पटक–पटक सुन तथा चाँदीको लिलामका लागि सूचना जारी गरेको थियो ।

तर अहिले सम्म उक्त सुन चाँदी बिक्री हुन सकेको छैन । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी समितिले सङ्कलन गरी फुङ्लिङमा ल्याएर सरसफाइ गरी रिफाइन गर्ने गरेको छ ।

उक्त सुन तथा चाँदी खरिद गर्न इच्छुकले आगामी पुस २९ गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : 6:41 am

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु