ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु



ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । फुङलिङ नगरपालिकाको आर्थिक सहयोग र नेत्रहीन सङ्घ ताप्लेजुङको आयोजनामा आधारभूत तालिम सुरु भएको हो ।

शनिबार फुङलिङ बजारमा उद्‌घाटन समारोहको आयोजना गरि दृष्टिविहीनहरूका लागि आधारभूत कम्प्युटर तालिम सुरु गरिएको नेत्रहीन सङ्घ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूले जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा सुरु गरिएको छ । उहाँका अनुसार शनिबारबाट सुरु भएको तालिम आगामी माघ २० गते सम्म सञ्चालन हुने छ ।

तालिम केन्द्र फुङलिङमा सञ्चालित युनिभर्सल इन्स्टिच्युट रहेको सङ्घले जनाएको छ । तालिमको सहजीकरण प्रशिक्षक सुजता लिम्बूले गर्नुहुने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । 

दृष्टिविहीनलाई समेत कम्युप्टर शिक्षा प्रदान गरि प्रविधिमा योग्य बनाउने उद्देश्यका साथ तालिमको व्यवस्था गरिएको नगरप्रमुख अमिर मादेनले बताउनुभयो । 

प्रकाशित मिति : 5:31 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर