ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु



ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । फुङलिङ नगरपालिकाको आर्थिक सहयोग र नेत्रहीन सङ्घ ताप्लेजुङको आयोजनामा आधारभूत तालिम सुरु भएको हो ।

शनिबार फुङलिङ बजारमा उद्‌घाटन समारोहको आयोजना गरि दृष्टिविहीनहरूका लागि आधारभूत कम्प्युटर तालिम सुरु गरिएको नेत्रहीन सङ्घ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूले जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा सुरु गरिएको छ । उहाँका अनुसार शनिबारबाट सुरु भएको तालिम आगामी माघ २० गते सम्म सञ्चालन हुने छ ।

तालिम केन्द्र फुङलिङमा सञ्चालित युनिभर्सल इन्स्टिच्युट रहेको सङ्घले जनाएको छ । तालिमको सहजीकरण प्रशिक्षक सुजता लिम्बूले गर्नुहुने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । 

दृष्टिविहीनलाई समेत कम्युप्टर शिक्षा प्रदान गरि प्रविधिमा योग्य बनाउने उद्देश्यका साथ तालिमको व्यवस्था गरिएको नगरप्रमुख अमिर मादेनले बताउनुभयो । 

प्रकाशित मिति : 5:31 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो