पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन



साहारा लिम्बू
फुङलिङ, पुस २ गते ।
प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा साढे ७५ लाख भेटी सङ्कलन भएको छ । मंसिर महिनामा उक्त रकम बराबरको उक्त भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार मंसिर महिनामा भक्तजनहरूले ७५ लाख ४९ हजार १०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । 

फेदीमा करिब एक साता सम्मको संलकन गरि फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरि बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरि समितिले व्यवस्थापन गरेको छ । 

बुधबार सार्वजनिक तथ्याङ्क अनुसार मंसिर महिनामा १९ हजार १८१ जना तीर्थयात्री दर्शनका लागि पाथीभरा मन्दिर आएका छन् ।

प्रकाशित मिति : 5:12 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले