तेम्बा बजारका आगलागी पीडितलाई पुषे मेला बजार व्यवस्थापन समितीको आर्थिक सहयोग




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारका आगलागी पीडितलाई पुषे मेला बजार व्यवस्थापन समितीले आर्थिक सहयोग प्रदान गरेको छ । गत मङ्सिर २ गते मध्यराति भएको आगलागी पीडितलाई पुषे मेला बजार व्यवस्थापन समितीको पहलमा दोभानबासिहरुबाट आर्थिक सङ्कलन गरि प्रदान गरिएको समिती अध्यष हेम श्रेङचोङबाङले बताउनुभयो ।

उहाँका अनुसार सङ्कलन गरिएको नगद आगलागी पीडित ६ परिवारको प्रत्येक परिवारलाई ९ हजार ७ सय ५५ का दरले सहयोग स्वरुप जम्मा ५८ हजार ५ सय ३० रुपैँया सहमयोगा गरिएको हो । तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । साथै आगलागीबाट घर भाडामा बस्दै आउनुभएको पासाङ फुटी शेर्पा र दोर्ची शेर्पा पनि पीडित हुनुभएको छ । उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।

प्रकाशित मिति : 12:38 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक