थलङमा सन्पन्न क्लब स्तरीय फुटबल प्रतियोगिताको उपाधि थलङ स्पोर्टिङलाई



ताप्लेजुङ, मंसिर २३ गते । ताप्लेजुङको मिक्वाखोला–४ थलङमा सन्पन्न आमन्त्रित क्लब स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधि थलङ स्पोर्टिङ क्लब हात पारेको छ । सोमबार सम्पन्न भएको फाइनल खेलमा रेड डेभिल्स फुटबल क्लब इलामलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि हात पारेको हो ।

निर्धारित समयमा दुबै टिमबाट १–१ गोलको बराबरी भए खेल ट्राइबेकरमा धकेलिएको हो । उपाधि संगै आयोजकले नगद १ लाख ५२ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको रेड डेभिल्स इलामले १ लाख रुपियाँ सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

मंसिर १८ गते देखि सुरु प्रतियोगिता मंसिर २२ गते सम्पन्न भएको हो ।

प्रकाशित मिति : 5:01 pm

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक