अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप आजबाट सुरु हुँदै



ताप्लेजुङ, मंसिर २३ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकमा गोल्ड कप तथा मेला सुरु हुने भएको हो ।

मङ्गलबार उद्घाटनको दिन आयोजक तेल्लोक स्पोर्टिङ क्लब र रेड हर्स एफ.सि. इलामबिच प्रतिष्पर्धा हुने तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार न्यु स्टार क्लब बिर्तामोड, झापाको वाइवाई पाँचथचर एफ.सि.ले सामना गर्ने भएको छ ।

यस्तै मंसिर २७ गते विदेशी टिम पारिजात सङ्घ एफ.सि. भारत र मरिक एफ.सि. धरानबिच प्रतिस्पर्धा हुने छ भने मंसिर २८ गते अन्तिम क्वाटरफाइनमा सागुरिगढि एफ.सि. धनकुटा र म्याङ्लुङ स्पोर्टिङ युवा क्लबको प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ३ सय २१ रुपियाँका साथ ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । उपविजेताले एक लाख ५० हजार ३ सय २१ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपियाँ, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेला सहित अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गरिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो ।

मंसिर २९ गते सम्म सञ्चालन हुने फुटबल प्रतियोगिता सँगै सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न करिब ४१ लाख रुपियाँ खच हुने अनुमान गरिएको आयोजकको भनाई छ । खेलकुदको माध्यमबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र तेल्लोकको पहिचान स्थापित गर्नुका साथै यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रचार गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति : 7:48 am

न्यू स्टार झापा सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिकामा जारि पाँचौ सिरिजंगा गोल्डकपमा

लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको आयोजनामा बुधबार लैंगिक हिँसा

तेल्लोक स्पोर्टिङ क्लब सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर २३ गते । तेल्लोक स्पोर्टि क्लब ताप्लेजुङ अन्तराष्ट्रिय

ताप्लेजुङ युके युवा समाजको अध्यक्षमा आशा ओख्राबू

दिनेश लिङ्खिमयुके लण्डन, मंसिर २३ गते । ताप्लेजुङ युके युवा

ताप्लेजुङमा शसस्त्र प्रहरीले बरामद गरेको ६ सय केजी बढी अवैध माछा नष्ट 

ताप्लेजुङ, मंसिर २३ गते । शसस्त्र प्रहरी बल नेपाल नं. १