ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । बुधबार सम्पन्न भएको चौथो अधिवेशनले भेनियर सञ्चालक राईको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ ।
भेलाले उपाध्यक्ष टिकाराम सुनुवार सचिव रविन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्ष कुसुम न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । सदस्यमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोगटी, मङ्गलसिं विश्वकर्मा रहेका छन् ।
लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु तथा सदस्यहरूमा कोपिला भट्टराई र जयप्रकाश भट्टराई चयन भएको जनाइएको छ । व्यवसायिहरूले व्यवसायिक चुनौती, आगामी दिनका कार्ययोजना लगायतका विषयमा समेत छलफल गरेको जनाएका छन् ।






प्रतिक्रिया