दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 



ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कप आज चार खेल भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा आज चार खेल भएको हो । 

आज पहिलो क्वाटर फाइनलखेलमा ढङगेसाँघु र तेह्रथुमबिच प्रतिस्पर्धा भएको थियो ।  जसमा ढुङ्गेसाँघुले तेह्रथुमलाई १–० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा फुङलिङ नगरपालिका–१ लाई नाल्बूले १–० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै तेस्रो खलमा आयोजकलाई २–० गोल अन्तरले पाराजित गर्दै खाम्लुङले जित निकालेको छ । आज नै भएको चौँथो यानकी अन्तीम खेलमा सान्थाक्रालाई २–१ गोल अन्तरले पराजित गर्दै नाल्बूले जित निकालेको खेल संयोजक घनेन्द्र लङ्वाले जानकारी दिनुभयो ।  

चासोक तङनाम थुकिमा मूल सञ्चालन समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका अध्यक्ष विशाल लङ्वाले बताउँनुभयो ।

उहाँका अनुसार खेल साथै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।

प्रकाशित मिति : 7:16 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम