पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन



ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङको ११औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा साङ्घातिक हमला भएको भन्दै निलम्बन गरेको हो ।

कोशी प्रदेश कमिटीले कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमूलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरी उक्त अवधिका लागि निलम्बन गरेको पत्र पठाएको छ ।

महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि साङ्घातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको जिल्लाको सिफारिसअनुसार कारबाही गरिएको पत्रमा उल्लेख गरिएको छ ।

ताप्लेजुङले महाधिवेशन प्रतिनिधि भने सर्वसम्मत छनौट गरेको थियो ।

प्रकाशित मिति : 6:37 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम