सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 



ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आज भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश गरेको हो । 

लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगिता अन्तरगत आव भएको खेलको ७औँ मिनेटमा मेरिङदेन गाउँपालिकाका अनुष्का शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ३८औँ मिनेटमा मेरिङ्देनकै अनुष्काले फेरी दोस्रो गौल गर्दै टिमलाई दोब्बरमा पुर्‍याउनुभयो ।  खेलको ७०औं मिनेटमा सिदिङवा गाउँपालिकाका ईमा राईले गोल गर्दै टिमलाई १–२ गोल अन्तरमा पुर्‍याउनुभएको हो ।  

यो सँगै मेरिङदेन गाउँपालिकाले सेमिफाइनलमा पाथीभरा याङ्वरक गाउँपालिका सँग भेट पक्का गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै पाथीभरा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । 

यस्तै सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा फक्ताङलुङ गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ४५ औँ मिनेटमा फुङलिङ नगरपालिकाकी सम्झना लावतीले आफ्नो टिमलाई पहिलो गोल गर्दै अग्रता दिलाउनुभयो । त्यस्तै नगरपालिकाको तर्फबाट नै ४९औँ मिनेटमा गोल गर्दै सुजता लिम्बूले अग्रतालाई दोब्बर बनाउनुभयो । त्यस्तै खेलको ५४ औँ मिनेटमा समीक्षा मगरले फुङलिङ नगरपालिकाको लागि तेस्रो गोल गर्नुभयो । 

यो सँगै फुङलिङ नगरपालिकाले सेमिफाइनलमा मैवाखोला गाउँपालिकासँग भेट पक्का गरेको छ । शनिबार भएको उद्‌घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।

प्रकाशित मिति : 5:43 pm

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

हिमाली सीमावर्तीमा हुने चोरीको निगरानी गर्न प्रहरीको गस्ती

साहारा लिम्बू ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला प्रहरी कार्यालय

सेसेलुङ महिला गोल्डकप : मेरिङदेन र सिदिङवा भिड्दै 

साहारा लिम्बूताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ