हिमाली सीमावर्तीमा हुने चोरीको निगरानी गर्न प्रहरीको गस्ती



साहारा लिम्बू

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हिमाली क्षेत्र केन्द्रित गस्ती गरेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमको कमान्डमा ९ जनाको प्रहरी टोलीले हिमाली क्षेत्र केन्द्रित गस्ती गरेको हो । 

गत मंसिर ८ गतेदेखि १४ गतेसम्म एक साताको हिमाली क्षेत्र केन्द्रित गस्ती गरिएको डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो । टोलीले फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका घुन्सा, खाम्बाचेन, लोनाक हुँदै उत्तरी कञ्चनजङ्घा बेस क्याम्पसम्मको गस्ती पुरा गरेको डीएसपी गौतमको भनाइ छ ।

उहाँका अनुसार अत्यन्तै दुर्गम, हिमाली तथा सीमावर्ती क्षेत्रमा हुने चोरीको निगरानी, सुरक्षा चुनौतीको मूल्याकंन, विदेशी पर्यटकको गतिविधि निगरानी, अवैध हिमाली जडीबुटी तथा वन्यजन्तुको ओसारपसार नियन्त्रण र प्रहरी सेवा प्रवाह सुदृढीकरण तथा स्थानीयलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यका साथ उक्त क्षेत्रमा गस्ती गरिएको हो ।  

गस्तीका क्रममा टोलीले स्थानीय बासिन्दा, होटल व्यवसायी, पर्यटकहरूसँग भेटघाट गर्दै सुरक्षासम्बन्धी सुझाव सङ्कलन गरेको छ  । साथै, सार्वजनिक सेवा प्रवाह, सूचना आदान–प्रदान र पहाडी तथा हिमाली क्षेत्रका नागरिकले भोग्ने समस्या सम्बन्धमा पनि छलफल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसै क्रममा टोलीले फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुसहित स्थानीय जनप्रतिनिधिहरूसँग बैठक तथा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । अन्तरक्रियामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित सम्भावित सुरक्षा चुनौती, अन्तर्राष्ट्रिय सीमामा हुन सक्ने अवैध गतिविधि तथा तिनको रोकथामका उपायबारे विस्तृत छलफल भएको थियो ।

गस्ती क्रममा सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा पनि प्रहरीले सहयोग गरेको थियो। कठिन भौगोलिक अवस्था, कठोर मौसम तथा लामो दूरीको यात्रा बावजुद टोलीले निर्धारित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बताइएको छ ।

प्रकाशित मिति : 7:00 am

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण