ताप्लेजुङ, मंसिर १५ गते । ताप्लेजुङको नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले दाताहरूलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि दाताहरूलाई सम्मान गरको हो ।

सङ्घले फुङलिङ नगरपालिका घर भइ हाल युकेमा रहनुभएका रमेश गुरुङलाई सम्मान गरेको छ । उहाँले सङ्घ तथा केन्द्रलाई एक लाख ८९ हजार रुपियाँ बराबरको ६४ इन्चको सामसुङ कम्पनीको टिभी र सजावटका लागि र्याक निर्माण गरिदिनुभएको थियो ।

यस्तै फुङलिङ नगरापालिका–६ भइ हाल युकेमा रहनुभएका सूर्यमान गुरुङले ३१ हजार रुपियाँ बराबरको गौतम बुद्धको मूर्ति र अक्षयकोषका लागि नगद २० हजार रुपियाँ उपलब्ध गराउँनुभएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वर्गीय बुवा बलबहादुर गुरुङको वर्षदिनको पुण्य तिथि पारेर छोरी ज्वोईहरु मुना र किशोर गुरुङ, शशि र हिरा बूढा, सृजना र विकास तामाङ साथै छोरी छुना गुरुङले ५० हजारको लागतमा फलैचा निर्माण गरिदिनुभएको छ । साथै अक्षयकोषका लागि २१ हजार उपलब्ध गराइदिनुभएको छ ।

उहाँहरूलाई पनि प्रमाण पत्र र मायाको चिनो सहित सम्मान गरिएको गुरुङको भनाई छ । उहाँहरूलाई नेत्रज्योति सङ्घका सभापति राजकुमार गुरुङ र प्रदेश सदस्य सुरेश सिंघकले सम्मान गर्नुभएको हो ।







प्रतिक्रिया