नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान



ताप्लेजुङ, मंसिर १५ गते । ताप्लेजुङको नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले दाताहरूलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि दाताहरूलाई सम्मान गरको हो ।

सङ्घले फुङलिङ नगरपालिका घर भइ हाल युकेमा रहनुभएका रमेश गुरुङलाई सम्मान गरेको छ । उहाँले सङ्घ तथा केन्द्रलाई एक लाख ८९ हजार रुपियाँ बराबरको  ६४ इन्चको सामसुङ कम्पनीको टिभी र सजावटका लागि र्‍याक निर्माण गरिदिनुभएको थियो । 

यस्तै फुङलिङ नगरापालिका–६ भइ हाल युकेमा रहनुभएका सूर्यमान गुरुङले ३१ हजार रुपियाँ बराबरको गौतम बुद्धको मूर्ति र अक्षयकोषका लागि नगद २० हजार रुपियाँ उपलब्ध गराउँनुभएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वर्गीय बुवा बलबहादुर गुरुङको वर्षदिनको पुण्य तिथि पारेर छोरी ज्वोईहरु मुना र किशोर गुरुङ, शशि र हिरा बूढा, सृजना र विकास तामाङ साथै छोरी छुना गुरुङले ५० हजारको लागतमा फलैचा निर्माण गरिदिनुभएको छ  । साथै अक्षयकोषका लागि २१ हजार उपलब्ध गराइदिनुभएको छ ।

उहाँहरूलाई पनि प्रमाण पत्र र मायाको चिनो सहित सम्मान गरिएको गुरुङको भनाई छ । उहाँहरूलाई नेत्रज्योति सङ्घका सभापति राजकुमार गुरुङ र प्रदेश सदस्य सुरेश सिंघकले सम्मान गर्नुभएको हो ।

प्रकाशित मिति : 5:56 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला