दोस्रो साङधुङगे माङ्गेन कपमा हाङपाङ, फुरुम्बु, सान्थाक्रा र आयोजक विजयी



ताप्लेजुङ, मंसिर १४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेन कप दोस्रो संस्करणमा आज भएको खेलमा हाङपाङ, फुरुम्बु, सान्थाक्रा र आयोजक विजयी भएको छ । 

लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा आज चार खेल भएको थियो । जसमा पहिलो खेलमा हाङपाङले लिङखिमलाई २–१ गोल अन्तरले पाराजित गरेको छ ।  दोस्रो खेलमा फुरुम्बुले आठराई त्रिवेणी–४ चाँगेलाई पराजित गरको छ । 

यस्तै तेस्रो खेलमा सान्थाक्राले सिकैँचालाई १–० गोले पाराजित गरेको छ ।  चौथो यानकी आजको अन्तिम खेलमा आयोजकले साँवालाई २–० गोलले पराजित गरेको छ ।  हिजो भएको उद्घाटन खेलमा लिङ्तप र मैवाखोलाले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजकलाई लिङतेप र थिङ्लाबुलाई मैवाखोलाले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । 

चासोक तङनाम थुकिमा मूल सञ्चालन समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका अध्यक्ष विशाल लङ्वाले बताउँनुभयो । उहाँका अनुसार खेल साथै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।

प्रकाशित मिति : 5:59 pm

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका