आगलागी पीडितलाई शेर्पा सङ्घ ताप्लेजुङद्वारा राहत प्रदान



ताप्लेजुङ, मंसिर १४ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ केनेमका आगलागी पीडितलाई नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति ताप्लेजुङले राहत प्रदान गरेको छ । संघले आगलागी पीडितलाई शनिबार राहत सामग्री प्रदान गरेको हो । 

शुक्रबार राति आगलागी हुँदा क्षदारे शेर्पाको घर जलेर नष्ट भएको थियो । आगलागी विद्युत सर्ट भएर लागेको थियो । आगलागी पीडित शेर्पालाई सङ्घले चामल, कपडा, डसना, सिरक, त्रिपाल लगायतका २० हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको सङ्घका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । 

आगलागीबाट पीडित भएको परिवारलाई सान्त्वना स्वरुप राहत प्रदान गरिएको अध्यक्ष शेर्पाको भनाई छ । आगलागीबाट ७ लाख २० हजार बराबरको क्षति भएको छिमेकी लाक्चुङ शेर्पाको भनाई छ । 

प्रकाशित मिति : 5:45 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम