बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण



ताप्लेजुङ, मंसिर १४ गते  । ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । फुङलिङ नगरपालिका–४ मा रेको उक्त विद्यालयका विद्यार्थीहरूलाई छोक्याला उक्यापको परिवारले न्यानो कपडा बितरण गरेका हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरि फुङलिङ नगरपालिका–५ निवासी छोक्याला उक्यापको परिवारले करिव ७५ हजार मूल्य बराबरको ज्याकेट विद्यार्थीलाई प्रदान गरेको विद्यालयका प्रधानाध्यपक धर्म पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छोक्यालाका श्रीमती दिकिला र छोरी फुटिलाले जाडोको समयमा राहत मिलोस् भनेर न्यानो कपडा बितरण गर्नुभएको हो ।

कोशी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको प्रधानाध्यापक पौडेलको भनाई छ । यस्तै कार्यक्रममा फुङलिङ नगरापलिका–का वडा अध्यक्ष दुर्गा पालुङको पनि उपस्थिति रहेको थियो । 

उक्त विद्यालयमा फरक क्षमता भएका विद्यार्थी समेत अध्ययन गर्ने गर्दछन् । 

प्रकाशित मिति : 5:42 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि