बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण



ताप्लेजुङ, मंसिर १४ गते  । ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । फुङलिङ नगरपालिका–४ मा रेको उक्त विद्यालयका विद्यार्थीहरूलाई छोक्याला उक्यापको परिवारले न्यानो कपडा बितरण गरेका हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरि फुङलिङ नगरपालिका–५ निवासी छोक्याला उक्यापको परिवारले करिव ७५ हजार मूल्य बराबरको ज्याकेट विद्यार्थीलाई प्रदान गरेको विद्यालयका प्रधानाध्यपक धर्म पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छोक्यालाका श्रीमती दिकिला र छोरी फुटिलाले जाडोको समयमा राहत मिलोस् भनेर न्यानो कपडा बितरण गर्नुभएको हो ।

कोशी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको प्रधानाध्यापक पौडेलको भनाई छ । यस्तै कार्यक्रममा फुङलिङ नगरापलिका–का वडा अध्यक्ष दुर्गा पालुङको पनि उपस्थिति रहेको थियो । 

उक्त विद्यालयमा फरक क्षमता भएका विद्यार्थी समेत अध्ययन गर्ने गर्दछन् । 

प्रकाशित मिति : 5:42 pm

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका