दोस्रो साङधुङगे माङ्गेन कपमा आज ४ खेल हुने



ताप्लेजुङ, मंसिर १४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेन कप दोस्रो संस्करणमा आज चार खेल हुँदै छ । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा आज चार खेल हुने भएको हो ।

जसमा आज हुने पहिलो खेलमा हाङपाङ र लिङखिम बिच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो खेलमा फुरुम्बु र आठराई त्रिवेणी–४ चाँगे, तेस्रो खेलमा सान्थाक्रा र सिकैँचा विचि प्रतिस्पर्धा हुने भएको छ । 

यस्तै चौथो यानकी आजको अन्तिम खेल आयोजक र साँवा विच प्रतिस्पर्धा हुने भएको छ । हिजो भएको उद्‌घाटन खेलमा लिङ्तप र मैवाखोलाले विजयी सुरुवात गरेको छ । उद्‌घाटन खेलमा आयोजकलाई लिङतेप र थिङ्लाबुलाई मैवाखोलाले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । हिजो भएको पहिलो खेलमा आयोजकलाई लिङतेपले १–० गोल अन्तरले पराजित गरेको छ । यस्तै थिङ्लाबुलाई मैवाखोलाले १–२ गोल अन्तरले पराजित गरेको छ ।

चासोक तङनाम थुकिमा मूल सञ्चालन समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका अध्यक्ष विशाल लङ्वाले बताउँनुभयो । उहाँका अनुसार खेल साथै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।
 

प्रकाशित मिति : 7:10 am

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि