तेम्बा बजारका आगलागी पीडितलाई एमाले मिक्वाखोला कमिटीको पहलमा आर्थिक सहयोग 



ताप्लेजुङ, मंसिर १२ गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मङ्सिर २ गते मध्यराति भएको आगलागी पीडितलाई नेकपा ९एमाले०मिक्वाखोला पालिका कमिटीको पहलमा आर्थिक सङ्कलन गरि प्रदान गरिएको हो । 

सङ्कलन गरिएको नगद आगलागी पीडित प्रत्येक परिवारलाई नगद ५५ हजारको दरले सान्त्वना स्वरुप ३ लाख ३६ हजार रुपियाँ प्रदान गरिएको नेकपा एमाले ताप्लेजुङका सदस्य तथा मिक्वाखोला गाउँपालिका इन्चार्ज मिथुन सावाँले जानकारी दिनुभयो । 

तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । साथै आगलागीबाट घर भाडामा बस्दै आउनुभएको पासाङ फुटी शेर्पा र दोर्ची शेर्पा पनि पीडित हुनुभएको छ । 

उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।

प्रकाशित मिति : 5:32 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि