तेम्बा बजारका आगलागी पीडितलाई एमाले मिक्वाखोला कमिटीको पहलमा आर्थिक सहयोग 



ताप्लेजुङ, मंसिर १२ गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मङ्सिर २ गते मध्यराति भएको आगलागी पीडितलाई नेकपा ९एमाले०मिक्वाखोला पालिका कमिटीको पहलमा आर्थिक सङ्कलन गरि प्रदान गरिएको हो । 

सङ्कलन गरिएको नगद आगलागी पीडित प्रत्येक परिवारलाई नगद ५५ हजारको दरले सान्त्वना स्वरुप ३ लाख ३६ हजार रुपियाँ प्रदान गरिएको नेकपा एमाले ताप्लेजुङका सदस्य तथा मिक्वाखोला गाउँपालिका इन्चार्ज मिथुन सावाँले जानकारी दिनुभयो । 

तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । साथै आगलागीबाट घर भाडामा बस्दै आउनुभएको पासाङ फुटी शेर्पा र दोर्ची शेर्पा पनि पीडित हुनुभएको छ । 

उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।

प्रकाशित मिति : 5:32 pm

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध