तेम्बा बजारका  आगलागी पीडितलाई काङ्ग्रेसको आर्थिक सहयोग 



ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको तेम्बा बजारका  आगलागी पीडितलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङ र नेपाली काँग्रेस मिक्कवाखोला गाउँपालिका समितिले आर्थिक सहयोग गरेको छ । मिक्कवाखोला ४ स्थित तेम्बा बजारमा गत मंसिर २ गते मध्यरात भएको आगलागी पीडितलाई आर्थिक सहयोग गरेको हो । 

आगलागी पीडित प्रत्येक परिवारलाई नगद ११ हजार ५०० रुपियाँको दरले आर्थिक सहयोग गरिएको नेपाली काङ्ग्रेस जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङले जानकारी दिनुभयो ।  दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलामा सहभागी हुन तेम्बा बजार पुग्नुभएका सभापति सहित जिल्ला कार्यसमिति र मिक्कवाखोला गाउँपालिका समितिका अन्य पदाधिकारीहरूले आगलागी पीडितहरूलाई राहत स्वरुप जम्मा ६९ हजार रुपियाँ प्रदान गरेको हो । 

मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । आगलागीबाट भाडामा बस्दै आउनुभएको पासाङ फुटी शेर्पा र दोर्ची शेर्पा पनि पीडित हुनुभएको छ ।

उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो । 

प्रकाशित मिति : 6:49 am

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन