ताप्लेजुङमा भालुको आक्रमणबाट महिला घाइते



ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते हुनु भएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट घाइते हुनु भएको हो ।

सामुदायिक वन उपभोक्ता महासङ्घका पालिका अध्यक्ष शिव अधिकारीका अनुसार मङ्गलबार दिउँसो करिब १ बजे खरेललाई भालुले घरमै आक्रमण गरेको हो । आक्रमणबाट घाइते हुनु भएका खरेलको दाहिने खुट्टा, दाहिने हात र अनुहारमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

घर नजिकै जङ्गल रहेको र सोही जङ्गलबाट घरमा आएर आक्रमण गरेको स्थानीयको भनाइ छ ।भालुलाई नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालय ताप्लेजुङको टीम समेत आइनपुगेको अधिकारीले जानकारी दिनुभयो । भालु केही आहारा नपाएर घर पालुवा जनावर चौपाया खान बस्तीमा आएको अनुमान स्थानीयको छ ।

भालु बस्तीमै भएकाले गाउँभरी त्रास फैलिएको छ । बस्तीका अन्य नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : 8:29 pm

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण