तेम्बा बजारका आगलागी पीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग



ताप्लेजुङ, मंसिर ८ गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री हाङ्गामले मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मंसिर २ गते मध्यराति भएको आगलागी पीडितलाई आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँले आगलागी पीडित परिवारहरूलाई नगद ३६ हजार रुपियाँ प्रदान गर्नुभएको छ । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलाको उद्‌घाटन गर्न तेम्बा बजार पुग्नुभएका मन्त्री हाङ्गामले आगलागी पीडितहरूलाई थोरै सहयोग मिलोस् भन्ने हेतुले केही रकम प्रदान गरिएको बताउनुभएको छ । उहाँले आगलागी भएको स्थलको अनुगमन समेत गर्नुभएको छ । 

मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।

प्रकाशित मिति : 7:23 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि