दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला सुरु 



ताप्लेजुङ, मंसिर ८ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला सुरु भएको छ । मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बा बजारमा आइतबारबाट मेला सुरु भएको हो । 

फङ्फङगे झरनाको प्रचारप्रसारका लागि फङ्फङ्देन झरना पर्यटन विकास समिति मूल आयोजक समितिले आयोजना गरेको मेला आगामी मंसिर ११ गते सम्म सञ्चालन हुने छ । मेलाको उद्‌घाटन कोशी प्रदेश अद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले गर्नु भएको हो । 

उद्‌घाटन समारोहमा याःलाङ (धान नाच), केःलाङ (च्यब्रुङ नाच), झाकी नाच प्रदर्शन गरिएको थियो । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फूटबल प्रतियोगिता सँगै सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरूको प्रदर्शन गरिएको छ ।

समितिका कार्यवाहक अध्यक्ष नुपु शेर्पाका अनुसार पुरुष फुटबल प्रतियोगिता भने सोमबारबाट सुरु हुँदै छ । फुटबल प्रतियोगिताको विजेतालाई ३ लाख २ हजार ८२ रुपैयाँ र उपविजेतालाई १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिनेछ । फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउ अनुसार घोषणा गरिएको रकम बराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ । अलैँचीको प्रवर्द्धनका लागि पुरस्कार स्वरुप अलैँची नै प्रदान गर्न लागिएको कार्यवाहक अध्यक्ष शेर्पाको भनाइ छ ।

मेलाकै अवसरमा आगामी मंसिर १० गते राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा वृहत साँगीतिक कार्यक्रमको आयोजना गरिएको सांस्कृतिक व्यवस्थापन उप समितिका संयोजक प्रीति थलङले बताउनुभयो । मेला सम्पन्न गर्नका लागि कुल साढे १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुक बहादुर साँवा लिम्बूले जानकारी दिनुभयो । 

फुङ्फुङगे झरना सहित मिक्वाखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनका लागि मेलाको आयोजना गरिएको समितिले जनाएको छ । पालिकामा भएका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि गरि स्थानीय नागरिकको आय आर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ मेलालाई निरन्तरता दिइएको बताइएको छ ।

प्रकाशित मिति : 6:36 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन