दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला सुरु 



ताप्लेजुङ, मंसिर ८ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला सुरु भएको छ । मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बा बजारमा आइतबारबाट मेला सुरु भएको हो । 

फङ्फङगे झरनाको प्रचारप्रसारका लागि फङ्फङ्देन झरना पर्यटन विकास समिति मूल आयोजक समितिले आयोजना गरेको मेला आगामी मंसिर ११ गते सम्म सञ्चालन हुने छ । मेलाको उद्‌घाटन कोशी प्रदेश अद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले गर्नु भएको हो । 

उद्‌घाटन समारोहमा याःलाङ (धान नाच), केःलाङ (च्यब्रुङ नाच), झाकी नाच प्रदर्शन गरिएको थियो । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फूटबल प्रतियोगिता सँगै सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरूको प्रदर्शन गरिएको छ ।

समितिका कार्यवाहक अध्यक्ष नुपु शेर्पाका अनुसार पुरुष फुटबल प्रतियोगिता भने सोमबारबाट सुरु हुँदै छ । फुटबल प्रतियोगिताको विजेतालाई ३ लाख २ हजार ८२ रुपैयाँ र उपविजेतालाई १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिनेछ । फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउ अनुसार घोषणा गरिएको रकम बराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ । अलैँचीको प्रवर्द्धनका लागि पुरस्कार स्वरुप अलैँची नै प्रदान गर्न लागिएको कार्यवाहक अध्यक्ष शेर्पाको भनाइ छ ।

मेलाकै अवसरमा आगामी मंसिर १० गते राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा वृहत साँगीतिक कार्यक्रमको आयोजना गरिएको सांस्कृतिक व्यवस्थापन उप समितिका संयोजक प्रीति थलङले बताउनुभयो । मेला सम्पन्न गर्नका लागि कुल साढे १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुक बहादुर साँवा लिम्बूले जानकारी दिनुभयो । 

फुङ्फुङगे झरना सहित मिक्वाखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनका लागि मेलाको आयोजना गरिएको समितिले जनाएको छ । पालिकामा भएका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि गरि स्थानीय नागरिकको आय आर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ मेलालाई निरन्तरता दिइएको बताइएको छ ।

प्रकाशित मिति : 6:36 am

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म