एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै



काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच मुकाबला हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ। प्रतियोगितामा काठमाडौंले एक खेल खेलेर जित निकालिसकेको छ, भने सुदूरपश्चिम रोयल्स आज पहिलोपटक मैदान उत्रिंदै छ। उद्घाटन खेलमा काठमाडौंले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। आजको खेल पहिलो संस्करणका उपविजेतासँगको सामना हुनेछ।

काठमाडौं गोर्खाजको कप्तानी करण केसीले सम्हालेका छन्। टिममा मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटाको समावेश छ।

टिमका प्रमुख प्रशिक्षक नेपाली राष्ट्रिय टिमका पूर्वकोच मोन्टी देशाई हुन्। यसैगरी, सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। टोलीमा ऐरीसहित विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्। रोयल्सको प्रशिक्षकमा जगत टमाटा छन्। अपराह्न ४ बजे सुरु हुने खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।

प्रकाशित मिति : 7:48 am

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०