ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट



ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ । मिक्वाखोला गाउँपालिका –४ तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको हो ।

अघि राती १२ बजेबाट अचानक आगलागी हुँदा विष्णु साँवा, राजकुमार साँवा, अनि साँवा र इन्द्रकुमार साँवाको घर जलेर नष्ट भएको स्थानीय तथा फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागी आगामी मंसिर ७ गतेदेखि सुरु हुन लागेको फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला लाग्ने स्थानमा नै भएको हो । सोही कारण मेला पनि अनिश्चित जस्तो भएको अध्यक्ष लिम्बूले बताउँनुभयो । मेला सम्बन्धी अहिले समिति बैक बस्न लागेको लिम्बूले जानकारी दिनुभयो ।

आगलागी नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएको लिम्बूको भनाई छ । आगलागी के कारणले भयो भन्ने अनुसन्धान भइरहेको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 6:39 am

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण