फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा



ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । लिम्बूहरूको महान पर्व चासोक तङ्नामको पावन अवसरमा स्थानीय बिदा दिएको हो । 

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै मिति २०८२ कात्तिक ३० गतेको ७६ औं कार्यपालिका बैठकको निर्णय अनुसार याक्थुङ चुम्लुङ धर्मावलम्बीहरूको महान चाड चासोक तङ्नामको पावन अवसरमा मिति २०८२ साल मंसिर १ गते सोमबारका दिन स्थानीय बिदा दिएको जानकारी गराएको छ । 

यो सँगै नगरपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरू र शिक्षण संस्थाहरू बन्द हुने भएको छ । स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने अति आवश्यक बाहेकका अन्य सेवाहरू पनि बन्द रहने नगरपालिकाले जनाएको छ । 

यस्तै आज याक्थुङ चुम्लुङ ताप्लेजुङको आयोजनामा चासोक तङ्नाम न्वागी पूजाको अवसर पारेर विविध कार्यक्रम हुने चुम्लुङका अध्यक्ष हाङमाया लेक्षर्बोले जानकारी दिनुभएको छ । उहाँका अनुसार होटल जान्नु इनमा राष्ट्र तथा अन्तराष्ट्रिय साथै स्थानीय कलाकारहरूको साथमा साँगीतिक कार्यक्रम पनि हुने छ । 

प्रकाशित मिति : 7:12 am

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म