ताप्लेजुङमा आँखा शिविर : अइतबार सम्ममा १३३ जना भेटिए मोतियाबिन्दुका बिरामी



ताप्लेजुङ, मंसिर १ गते । ताप्लेजुङमा सञ्चालित शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर अन्तरगत परीक्षणको दोस्रो दिनसम्ममा १ सय ३३ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् । परीक्षणको दोस्रो तथा शिविरको पहिलो दिन आइतबार ६ सय ५३ जनाले आँखाको परीक्षणका लागि नाम दर्ता गराएका छन् ।

शनिवार १ सय ९७ जनाले नाम दर्ता गराएका थिए । नाम दर्ता गराएका ८ सय ५० जनामध्ये १ सय ३३ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको आयोजक नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका उपसभापति तथा शिविर प्रचारप्रसार समिति संयोजक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । तिलगङ्गा आँखा अस्पतालका निर्देशक समेत रहनु भएका विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत नेतृत्वको टोलीले आइतबार बिहानैबाट शल्यक्रिया जारी राखेको छ ।

नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका सभापति राजकुमार गुरुङले आइतबार सम्ममा एक सय जना आँखा रोगीहरूको आँखाको शल्यक्रिया गरि सकिएको जानकारी दिनुभयो । डाक्टर सन्दुक र उहाँका छोरा डाक्टर सागर शल्यक्रियामा संलग्न रहनु भएको छ । नेपाल नेत्रज्योति सङ्घले शिविर सुरु हुने अघिल्लो दिन शनिवार पनि परीक्षणको सुविधा उपलब्ध गराएको थियो ।

तिलगङ्गा आँखा अस्पतालको टोलीले परीक्षण तथा उपचार सामग्री जडान तथा व्यवस्थापन सके लगत्तै परीक्षण सुरु गरिएको थियो । शल्यक्रिया सेवा भने आइतबारबाट मात्र सुरु भएको हो । मङ्गलबारसम्म चल्ने शिविर नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ मुख्य आयोजक भई तिलगङ्गा आँखा अस्पताल, तिलगङ्गा फाउण्डेसन, फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन समेतको आयोजनामा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : 7:05 am

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला