दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची



ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट हुने भएको छ । मिक्वाखोला गाउँपालिकाको ४ नम्बर वडा थलङ्मा अवस्थित फुङ्फुङगे झरनाको प्रचारप्रसारका लागि मेलाको आयोजना गरिने भएको हो ।

फङ्फङ्देन झरना पर्यटन विकास समिति मूल आयोजक समितिले मङ्गलबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मंसिर ७ देखि ११ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फूटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरूको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो ।

उहाँका अनुसार पुरुष फुटबलतर्फको विजेतालाई ३ लाख २ हजार ८२ रुपैयाँ र उपविजेतालाई १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिनेछ । फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउ अनुसार घोषणा गरिएको रकम बराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ । अलैँचीको प्रवर्द्धनका लागि पुरस्कार स्वरुप अलैँची नै प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

मेलाकै अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा वृहत साँगीतिक कार्यक्रमको आयोजना गरिएको सांस्कृतिक व्यवस्थापन उप समितिका संयोजक प्रीति थलङले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय कलाकारको सुनिश्चित हुन बाँकी रहेपनि स्थानीय कलाकारहरू भने तयारीमा जुटिसकेका छन् ।

मेला सम्पन्न गर्नका लागि कुल साढे १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुक बहादुर साँवा लिम्बूले जानकारी दिनुभयो । स्थानीय क्षेत्रमा सञ्चालित हाइड्रोपावर, निर्माण व्यवसायीहरू, स्वदेश तथा विदेशमा रहनु भएका खेलप्रेमी महानुभावबाट आर्थिक सहयोग सङ्कलन गरि मेलाको आयोजना गरिएको उहाँको भनाइ छ ।

फुङ्फुङगे झरना सहित मिक्वाखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनका लागि मेलाको आयोजना गरिएको समितिले जनाएको छ । पालिकामा भएका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि गरि स्थानीय नागरिकको आय आर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ मेलालाई निरन्तरता दिइएको बताइएको छ ।

प्रकाशित मिति : 6:30 am

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ