दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची



ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट हुने भएको छ । मिक्वाखोला गाउँपालिकाको ४ नम्बर वडा थलङ्मा अवस्थित फुङ्फुङगे झरनाको प्रचारप्रसारका लागि मेलाको आयोजना गरिने भएको हो ।

फङ्फङ्देन झरना पर्यटन विकास समिति मूल आयोजक समितिले मङ्गलबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मंसिर ७ देखि ११ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फूटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरूको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो ।

उहाँका अनुसार पुरुष फुटबलतर्फको विजेतालाई ३ लाख २ हजार ८२ रुपैयाँ र उपविजेतालाई १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिनेछ । फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउ अनुसार घोषणा गरिएको रकम बराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ । अलैँचीको प्रवर्द्धनका लागि पुरस्कार स्वरुप अलैँची नै प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूको भनाइ छ ।

मेलाकै अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा वृहत साँगीतिक कार्यक्रमको आयोजना गरिएको सांस्कृतिक व्यवस्थापन उप समितिका संयोजक प्रीति थलङले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय कलाकारको सुनिश्चित हुन बाँकी रहेपनि स्थानीय कलाकारहरू भने तयारीमा जुटिसकेका छन् ।

मेला सम्पन्न गर्नका लागि कुल साढे १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुक बहादुर साँवा लिम्बूले जानकारी दिनुभयो । स्थानीय क्षेत्रमा सञ्चालित हाइड्रोपावर, निर्माण व्यवसायीहरू, स्वदेश तथा विदेशमा रहनु भएका खेलप्रेमी महानुभावबाट आर्थिक सहयोग सङ्कलन गरि मेलाको आयोजना गरिएको उहाँको भनाइ छ ।

फुङ्फुङगे झरना सहित मिक्वाखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनका लागि मेलाको आयोजना गरिएको समितिले जनाएको छ । पालिकामा भएका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि गरि स्थानीय नागरिकको आय आर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ मेलालाई निरन्तरता दिइएको बताइएको छ ।

प्रकाशित मिति : 6:30 am

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म