ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप



ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप भएको छ । साताको शुक्रबार मात्र उडान गरिरहेको नेपाल वायुसेवा निगमले ताप्लेजुङ–काठमाडौँ–ताप्लेजुङका लागि सोमबार समेत तालिका थप गरेको हो ।

निगमको ग्राउण्डेड भएको जहाज मर्मतपछि सञ्चालनमा आएकाले उडान तालिका थप गरिएको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल साताको शुक्रबार र सोमबार दुईदिन उडान तालिका छ । निगमसँग भएको दुई वटा ट्विनअटर जहाज सञ्चालनमा आएपछि यात्रुको चापलाई दृष्छिगत गर्दै उडान थप भएको हो ।

इन्चार्ज कार्कीका अनुसार साताको बुधबारसहित तीन दिन उडानका लागि प्रस्ताव गरिएपछि केन्द्रबाट तालिका आउन बाँकी छ । ताप्लेजुङबाट पठाइएको प्रस्ताव स्वीकृत भए सातामा तीन दिन उडान हुनेछ । सोमबारका लागि तय भएको नियमित उडान मङ्गलबार सारिएको थियो । प्राविधिक त्रुटिका कारण सोमबार हुन नसकेको उडान मङ्गलबार (आज) भएको छ । काठमाडौँबाट सात जना यात्रु आएको र ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेको इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

हाल मौसममा सुधार भएको र निगमसँग भएका दुई वटा जहाज सञ्चालनमा आएकाले सातामा न्यूनतम दुई वटा उडान हुने उहाँको भनाइ छ । यात्रुको चापलाई दृष्टिगत गरेर साताको बुधबारसमेत उडान तालिका थप गर्ने सम्भावना रहेको बताइएको छ । आगामी उडान तालिका भने शुक्रबारका लागि तय भएको छ ।

प्रकाशित मिति : 6:25 am

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म