ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप



ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप भएको छ । साताको शुक्रबार मात्र उडान गरिरहेको नेपाल वायुसेवा निगमले ताप्लेजुङ–काठमाडौँ–ताप्लेजुङका लागि सोमबार समेत तालिका थप गरेको हो ।

निगमको ग्राउण्डेड भएको जहाज मर्मतपछि सञ्चालनमा आएकाले उडान तालिका थप गरिएको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल साताको शुक्रबार र सोमबार दुईदिन उडान तालिका छ । निगमसँग भएको दुई वटा ट्विनअटर जहाज सञ्चालनमा आएपछि यात्रुको चापलाई दृष्छिगत गर्दै उडान थप भएको हो ।

इन्चार्ज कार्कीका अनुसार साताको बुधबारसहित तीन दिन उडानका लागि प्रस्ताव गरिएपछि केन्द्रबाट तालिका आउन बाँकी छ । ताप्लेजुङबाट पठाइएको प्रस्ताव स्वीकृत भए सातामा तीन दिन उडान हुनेछ । सोमबारका लागि तय भएको नियमित उडान मङ्गलबार सारिएको थियो । प्राविधिक त्रुटिका कारण सोमबार हुन नसकेको उडान मङ्गलबार (आज) भएको छ । काठमाडौँबाट सात जना यात्रु आएको र ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेको इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

हाल मौसममा सुधार भएको र निगमसँग भएका दुई वटा जहाज सञ्चालनमा आएकाले सातामा न्यूनतम दुई वटा उडान हुने उहाँको भनाइ छ । यात्रुको चापलाई दृष्टिगत गरेर साताको बुधबारसमेत उडान तालिका थप गर्ने सम्भावना रहेको बताइएको छ । आगामी उडान तालिका भने शुक्रबारका लागि तय भएको छ ।

प्रकाशित मिति : 6:25 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन