काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ः३० बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आइतबार बस्ने तय गरिएको बैठक पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति शोक प्रकट गर्दै स्थगित गरिएको थियो। असोज २८ गतेदेखि जारी बैठकमा पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद देखिएको छ। संस्थापन पक्षका नेताहरूले आगामी निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने विपक्षी धारका नेताहरूले महाधिवेशन सम्पन्न गरेर मात्र चुनावमा जानुपर्ने अडान लिएका छन्।





प्रतिक्रिया