दिल्लीको लालकिल्लामा कार विस्फोट हुँदा ८ जनाको मृत्यु, २४ घाइते



काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक लालकिल्ला मेट्रो स्टेशन नजिक कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दिल्ली प्रहरीका अनुसार, सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिक विस्फोट भएको हो। विस्फोटपछि वरपर पार्क गरिएका तीनदेखि चारवटा गाडीमा समेत आगलागी भई ती गाडीहरू जलेर नष्ट भएका छन्।

घटनाको जानकारी पाएलगत्तै दिल्ली फायर सर्भिसका सातवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। विस्फोटपछि आसपासको क्षेत्रमा आतंक र भागदौड मच्चिएको थियो। विस्फोटको कारणबारे भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन, अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : 7:16 am

कञ्चनजङ्घा आधार शिविरको सरसफाइ

ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको

याक्थुङ समुदायको पहिचान र संघर्षको कथा बोकेको सिनेमा “तवाबा” प्रदर्शनको तयारीमा

काठमाडौं । याक्थुङ (लिम्बू)समुदायको ऐतिहासिक पहिचान, सामाजिक यथार्थता, सास्कृतिक पृष्ठभुमि

१६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन

ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड

राष्ट्रपति रनिङ शिल्ड : मैवाखोलाको अग्रता कायमै

ताप्लेजुङ, माघ २६ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा जारी जिल्ला