नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै



काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले आगामी निर्वाचन तयारीलाई व्यवस्थित र प्रभावकारी अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

पार्टीका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी संरचनासँग समन्वय गर्दै जनपरिचालनमा सक्रिय हुन निर्देशन दिएको छ, प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि नेकपा (माओवादी- केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न १० कम्युनिष्ट पार्टीहरूले कात्तिक १९ गते ‘एकता राष्ट्रिय सम्मेलन’ गरी नयाँ दल, नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति : 7:16 am

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा

गोरखामा माइक्रोबस दुर्घटना, चालकसहित १७ जना घाइते

काठमाडौँ। सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७

जेन–जी आन्दोलनपछि राजनीतिक नक्सा फेरिँदै, २४ दल दर्ताको पर्खाइमा

काठमाडौं । जेन–जी आन्दोलनपछि देशमा नयाँ राजनीतिक दल स्थापना गर्ने

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल