ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने



ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । यही कात्तिक ३० गते देखि मंसिर २ गते सम्म फुङलिङको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन हुने भएको हो । 

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र र फुङलिङ नगरपालिकाको आयोजना साथै तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभएको छ । 

यस्तै नेपाल नेत्र ज्योति सङ्घ, रुइत फाउण्डेसन काठमाडौँ र सेवा फाउण्डेसनको समेत सहकार्य रहने गुरुङको भनाई छ । शल्यक्रिया सहितको निःशुल्क आँखा शिविरमा विश्व विख्यात डाक्टर सन्दुक रुइतको परिवारनै खटिने भएको छ । 

श्रीमती नन्दा र छोरा सागर सहितको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोली शिविरमा खटिने गुरुङले बताउनुभयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा जन्मिनु भएका रुइत राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त आँखा रोग विशेषज्ञ हुनुहुन्छ ।

प्रकाशित मिति : 6:07 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो