ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने



ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । यही कात्तिक ३० गते देखि मंसिर २ गते सम्म फुङलिङको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन हुने भएको हो । 

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र र फुङलिङ नगरपालिकाको आयोजना साथै तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङले जानकारी दिनुभएको छ । 

यस्तै नेपाल नेत्र ज्योति सङ्घ, रुइत फाउण्डेसन काठमाडौँ र सेवा फाउण्डेसनको समेत सहकार्य रहने गुरुङको भनाई छ । शल्यक्रिया सहितको निःशुल्क आँखा शिविरमा विश्व विख्यात डाक्टर सन्दुक रुइतको परिवारनै खटिने भएको छ । 

श्रीमती नन्दा र छोरा सागर सहितको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोली शिविरमा खटिने गुरुङले बताउनुभयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा जन्मिनु भएका रुइत राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त आँखा रोग विशेषज्ञ हुनुहुन्छ ।

प्रकाशित मिति : 6:07 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित