थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने



ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कप दोस्रो संस्करण हुने भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा यही मङ्सिर १३ गते देखि १८ गते सम्म वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

चासोक तङनाम थुकिमा मूल सञ्चालन समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने समितिका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभयो । उहाँका अनुसार खेल साथै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।

कार्यक्रम सञ्चालनका लागि समिति समेत गठन गरिएको छ । जसमा आर्थिक संयोजकमा दिनेश लङ्वा, वि.पि. साम्मेखाम, भिम बस्नेत र लोकेश लङ्वा रहनुभएको छ । 

यस्तै खेल संयोजकको जिम्मेवारी बुधराज लङ्वालाई प्रदान गरिएको अध्यक्ष विशाल लङवाको भनाई छ । साथै सांस्कृतिक संयोजकको रुपमा धिराज साम्मेखाम रहनुभएको छ । प्रचार प्रसार संयोजकमा दिपक जोगी रहनुभएको छ ।

प्रकाशित मिति : 7:56 pm

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा