थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने



ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कप दोस्रो संस्करण हुने भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा यही मङ्सिर १३ गते देखि १८ गते सम्म वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

चासोक तङनाम थुकिमा मूल सञ्चालन समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने समितिका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभयो । उहाँका अनुसार खेल साथै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।

कार्यक्रम सञ्चालनका लागि समिति समेत गठन गरिएको छ । जसमा आर्थिक संयोजकमा दिनेश लङ्वा, वि.पि. साम्मेखाम, भिम बस्नेत र लोकेश लङ्वा रहनुभएको छ । 

यस्तै खेल संयोजकको जिम्मेवारी बुधराज लङ्वालाई प्रदान गरिएको अध्यक्ष विशाल लङवाको भनाई छ । साथै सांस्कृतिक संयोजकको रुपमा धिराज साम्मेखाम रहनुभएको छ । प्रचार प्रसार संयोजकमा दिपक जोगी रहनुभएको छ ।

प्रकाशित मिति : 7:56 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश